बुधबार २४ असार २०८३
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

बुधबार असार २४, २०८३/ Wednesday 07-08-26

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै विभिन्न क्षेत्रसँग सम्बन्धित नीति, नियमावली र संस्थागत व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू पनि पारित गरिएको छ।

मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू यस्ता छन् :

  • काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने।
  • कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने।
  • ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ स्वीकृत गर्ने।
  • ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ लागू गर्ने।
  • ‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्ने।
  • मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना अनुमोदन गर्ने।
  • भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय।

तपाईको प्रतिक्रिया