राजनीति
विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार असार २४, २०८३/ Wednesday 07-08-26
काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि म्याद थप्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार भएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
यसअघि पनि विशेष अदालतले पौडेलको अनुसन्धानका लागि तीनपटक म्याद थप गरिसकेको थियो। पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धान थप पाँच दिनसम्म जारी रहनेछ।
तपाईको प्रतिक्रिया