शनिबार २ श्रावण २०८३
राजनीति

जयवीर देउवाको खातामा आएको साढे दुई करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमाथि शंकास्पद आर्थिक कारोबारको अनुसन्धान अघि बढाएको जनाएको छ।

विशेष अदालतमा दायर मुद्दासँग सम्बन्धित आरोपपत्रमा विभागले डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा करिब २ करोड ६० लाख रुपैयाँको शंकास्पद कारोबार देखिएको उल्लेख गरेको छ। उक्त रकम हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिबाट प्राप्त भएको दाबी गरिएको छ।

विभागले अनुसन्धान जारी रहेको जनाउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। यसअघि विभागले जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो।

 

तपाईको प्रतिक्रिया