शनिबार २ श्रावण २०८३
अर्थ

बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी

शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26

सुदूरपश्चिम। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित हुन नसके पनि सुदूरपश्चिम प्रदेशमा राजस्व सङ्कलन भने नरोकिने भएको छ।

आर्थिक मामिला मन्त्रालयले सूचना जारी गर्दै आर्थिक विधेयक पारित नभएसम्म प्रदेश आर्थिक ऐन, २०८२ अनुसार राजस्व सङ्कलन जारी रहने जनाएको छ।

कांग्रेस–एमालेबीचको राजनीतिक विवादका कारण प्रदेशको बजेट अझै पारित हुन सकेको छैन। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह बहुमत जुटाउने प्रयासमा छन्।

 

तपाईको प्रतिक्रिया