राजनीति
विष्णु पौडेललाई साधारण तारेखमा राख्न विशेष अदालतको आदेश
शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको भन्दै उनलाई साधारण तारेखमा राख्ने आदेश दिएको हो।
अदालतले हालसम्म प्राप्त प्रमाणबाट पौडेलले कसुरबाट सम्पत्ति वा लाभ लिएको देखिन नसकेको उल्लेख गर्दै मुद्दाको थप प्रमाण परीक्षणपछि कानुनबमोजिम अन्तिम निर्णय हुने जनाएको छ।
तपाईको प्रतिक्रिया