बिहीबार ७ श्रावण २०८३
बिजनेस

एकैदिन ५ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ४८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

 

तपाईको प्रतिक्रिया