काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
अधिवक्ता अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संयुक्त रूपमा दायर गरेको रिटमा संशोधित व्यवस्थाले सार्वजनिक सूचना प्रणाली र सञ्चारमाध्यममा नकारात्मक असर पार्ने दाबी गरिएको छ।
रिटमा विशेषगरी टेण्डर आह्वान गर्दा पत्रपत्रिकामार्फत सूचना प्रकाशित गर्नुपर्ने प्रावधान हटाइएकाले सञ्चारमाध्यमको आम्दानीमा प्रत्यक्ष असर पर्ने र यसले मिडिया क्षेत्र थप आर्थिक संकटमा पर्न सक्ने जिकिर गरिएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार कानुनी व्यवस्थाकै संवैधानिक वैधतामाथि प्रश्न उठाइएको भएकाले उक्त रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।
तपाईको प्रतिक्रिया