बुधबार १३ श्रावण २०८३
राजनीति

सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग आगामी संसदीय कार्यसूचीबारे छलफल गरेका छन्।

सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रतिनिधि सभाको प्रभावकारी सञ्चालन, विचाराधीन विधेयकहरूलाई अगाडि बढाउने प्रक्रिया तथा समसामयिक संसदीय गतिविधिका विषयमा विचारविमर्श भएको जनाइएको छ।

छलफलमा संसद्को आगामी बैठकलाई व्यवस्थित र परिणाममुखी बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रतिनिधि सभाको अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने कार्यतालिका तय गरिएको छ।

तपाईको प्रतिक्रिया