पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेको पाइएपछि दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ।
गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलका अनुसार नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार नियमविपरीत नापतौल यन्त्र प्रयोग गर्ने व्यवसायीमाथि कारबाही गरिएको हो।
कार्यालयका अनुसार कारबाहीमा कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्महरू परेका छन्।
यसै आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले नयाँ व्यवसाय सञ्चालनका लागि एक हजार ७८ वटा फर्मलाई नापतौल यन्त्र प्रयोगको अनुमति दिएको छ भने २८ वटा पुराना फर्मको अनुमतिपत्र नवीकरण गरिएको जनाएको छ।
कार्यालयका अनुसार समीक्षा अवधिमा विभिन्न सेवा तथा शुल्कमार्फत कुल ७८ लाख ५२ हजार ९६७ रुपैयाँ राजस्व संकलन भएको छ।
तपाईको प्रतिक्रिया