बुधबार १३ श्रावण २०८३
राजनीति

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा आज ललितपुरस्थित जावलाखेलको हेलिअस अस्पतालमा निधन भएको छ। उहाँको निधनको जानकारी नेपाली कांग्रेसले आधिकारिक रूपमा दिएको हो।

नेपाली कांग्रेसका अनुसार दिवंगत नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि शवयात्रासहित उहाँको पार्थिव शरीर काठमाडौंस्थित पशुपति आर्यघाट लगिनेछ, जहाँ धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।

 

तपाईको प्रतिक्रिया