समाज
चिकित्सक संघको आन्दोलन जारी, आकस्मिकबाहेकका सेवा ठप्प
बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26
काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बुधबार पनि देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीको विरोध प्रदर्शन आयोजना गरेको छ। काठमाडौं बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने, धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
मंगलबारदेखि सुरु भएको आन्दोलनमा संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
तपाईको प्रतिक्रिया