मोरङ। सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि कोशी प्रदेशका दक्षिणी सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
विराटनगरमा बसेको सर्वपक्षीय सुरक्षा बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। बाह्य घुसपैठ, हातहतियार तथा लागूऔषध ओसारपसार रोक्न अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ।
घटनापछि दुई धार्मिक समुदायबीचको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। अन्य १० जना र १२ भन्दा बढी प्रहरी घाइते भएका थिए। घटनापछि तनाव बढेपछि विभिन्न क्षेत्रमा सेना समेत परिचालन गरिएको छ।
सुरक्षा बैठकले अफवाहको पछि नलाग्न, कानुन हातमा नलिन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।
तपाईको प्रतिक्रिया