बिहीबार १४ श्रावण २०८३
समाज

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तको नाम सर्वसम्मत अनुमोदन

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

 

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा सिफारिस गरिएका गुरू वाग्ले र डा. राजीव सुब्बाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि कार्की तथा निर्वाचन आयुक्त पदका लागि वाग्ले र सुब्बाको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्ति प्रक्रियाले थप औपचारिकता पूरा गरेको छ।

तपाईको प्रतिक्रिया