बिहीबार १४ श्रावण २०८३
शिक्षा

स्ववियुको पहल र वडा अध्यक्ष तिवारीको सहयोगमा अमृत साइन्स क्याम्पसको छात्रावासमा व्यापक सुधार

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अमृत साइन्स क्याम्पसको पहल तथा काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष खेमराज तिवारीको सहयोगमा अमृत साइन्स क्याम्पसको छात्रावासमा व्यापक सुधार कार्य सम्पन्न भएको छ।

छात्रावासको भित्री भागमा रङ्गरोगन, विद्युत् वायरिङ सुधार तथा जीर्ण अवस्थामा रहेका पुराना ढोकाहरू हटाएर नयाँ ढोका जडान गरिएको स्ववियुले जनाएको छ। लामो समयदेखि आवश्यक रहेको भौतिक सुधार कार्य सम्पन्न भएपछि छात्रावासको वातावरण थप व्यवस्थित र सुरक्षित बनेको छ।

उक्त सुधार कार्य सम्पन्न गर्न वडा अध्यक्ष खेमराज तिवारी, अमृत क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन तथा विद्यार्थीहरूको सहयोग र समन्वय रहेको स्ववियुले जनाएको छ।

स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले छात्रावासको सुधारसंगै क्याम्पसका अन्य आवश्यक क्षेत्रमा पनि सुधारका कामलाई निरन्तरता दिने बताए। 

 

 

तपाईको प्रतिक्रिया