बिहीबार १४ श्रावण २०८३
राजनीति

सर्वदलीय बैठक सिंहदरबारमा सुरु

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सुनसरीको देवानगञ्ज घटनासहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपालगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन्। मधेसी दलहरूलाई समेत बैठकमा निमन्त्रणा गरिएको छ।

बैठकमा देवानगञ्ज घटनाको अवस्था, त्यसपछिको राजनीतिक तथा सुरक्षा परिस्थिति र आवश्यक साझा धारणा बनाउने विषयमा छलफल भइरहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया