बिहीबार १४ श्रावण २०८३
राजनीति

सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, उच्च सतर्कताको निर्देशन

बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्रीले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिमाथि कडा निगरानी राख्दै उच्च सतर्कताका साथ सुरक्षा परिचालन गर्न निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया