समाज
सुनसरी झडप: गोली लागेका ९ जनाको उपचार जारी, ३ जनाको अवस्था गम्भीर
बुधबार श्रावण १३, २०८३/ Wednesday 07-29-26
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका ९ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालहरूले जनाएका छन्। अन्य घाइतेको शल्यक्रियापछि स्वास्थ्यमा सुधार हुँदै गएको छ।
घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको थियो। प्रहरीले घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको जनाएको छ।
झडपपछि सुनसरीका केही स्थानमा आगजनी, तोडफोड र तनावका घटना भएका थिए। प्रशासनले कर्फ्यु जारी गरेपछि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
तपाईको प्रतिक्रिया