बिहीबार २५ भदौ २०८३
खेलकुद

पोखरामा खुल्दै ‘टोज्मा स्पोर्ट्स एरिना’, एउटै स्थानमा फुटसलदेखि फिटनेससम्म

बुधबार भदौ २४, २०८३/ Wednesday 09-09-26

पोखरा । प्राकृतिक सौन्दर्य र पर्यटनका लागि विश्वभर परिचित पोखरालाई खेलकुद तथा खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रयासमा निजी क्षेत्रको सक्रियता बढ्न थालेको छ। यही क्रममा पोखरा–१५, कोलपाटनमा ‘टोज्मा स्पोर्ट्स एरिना’ सञ्चालनमा आउन लागेको छ।

पोखराका स्थानीय तथा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई पर्यटनसँगै खेलकुदको अनुभवसमेत प्रदान गर्ने उद्देश्यले सिर्जना खड्का र उनका पति राम कार्कीले एरिना सञ्चालनमा ल्याउन लागेका हुन्।

एरिनाले आगामी असोज १ गतेदेखि फुटसल सेवा औपचारिक रूपमा सुरु गर्ने जनाएको छ। खेलकुदप्रेमीलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय खेल वातावरण उपलब्ध गराउने लक्ष्यसहित एरिना तयार गरिएको हो।

कोलपाटन–१५ स्थित सेन्ट मेरीज स्कुलको पछाडि रहेको टोज्मा स्पोर्ट्स एरिनामा फुटसल कोर्ट तयार भइसकेको छ। खेलाडी तथा फुटसलप्रेमीले आवश्यकता अनुसार प्रतिघण्टा तथा मासिक रूपमा कोर्ट बुकिङ गर्न सक्नेछन्।

एरिनाले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मासिक स्लट बुकिङको सुविधा उपलब्ध गराउने जनाएको छ।

टोज्मा स्पोर्ट्स एरिनाले फुटसलसँगै आगामी दिनमा क्याफे र फिटनेस सेन्टर समेत सञ्चालन गर्ने तयारी गरेको छ। क्याफे तथा फिटनेस सेन्टर हाल निर्माणको चरणमा रहेको जनाइएको छ।

खेलकुद, प्रशिक्षण, फिटनेस र मनोरञ्जनलाई एउटै स्थानमा जोड्ने लक्ष्यसहित स्थापना गरिएको एरिनाले स्थानीय युवादेखि नियमित फुटसल खेलाडी, विभिन्न क्लब तथा प्रशिक्षण समूहका लागि अभ्यास र प्रतियोगिता सञ्चालन गर्न उपयुक्त वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया