शुक्रबार २६ भदौ २०८३
राजनीति

राष्ट्रपति पौडेलसमक्ष उद्योगमन्त्री साहले लिए शपथ

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नियुक्त भएका साहले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

साहको राजनीतिक यात्रा विभिन्न उतारचढावपूर्ण रहँदै आएको छ। उनी एक समय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आबद्ध भएका थिए। त्यसपछि आफ्नै राजनीतिक दल गठन गर्ने प्रयास गरेका साह पछि उक्त दलबाट अलग हुँदै रास्वपामा प्रवेश गरेका थिए।

रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि साह यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बनेका थिए। छोटो समयपछि मन्त्रिपरिषद्बाट बाहिरिएका उनी पुनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित सरकारमा फर्किएका हुन्।

उद्योगमन्त्रीका रूपमा साहसमक्ष औद्योगिक वातावरण सुधार, लगानी प्रवर्द्धन, उत्पादन वृद्धि तथा व्यापार तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौती रहेको छ। उनको नियुक्तिसँगै उद्योग मन्त्रालयले नयाँ नेतृत्व पाएको छ।

 

तपाईको प्रतिक्रिया