भोटेकोशी बाढीमा १ हजार ३८४ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ।
त्यस्तै गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये १ हजार २३० शवको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी शवसम्बन्धी १ हजार ३३९ विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
प्रहरीका अनुसार बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
तपाईको प्रतिक्रिया