सोमबार २९ भदौ २०८३
राजनीति

भदौका ३३ करदाता पुरस्कृत हुँदै, दुई जनाले पाउनेछन् १० लाख

शनिबार भदौ २७, २०८३/ Saturday 09-12-26

काठमाडौं । भदौ महिनाका करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मका १५ जना र १६ देखि ३१ गतेसम्मका १६ जना गरी ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै, दुवै अवधिबाट एक–एक जना गरी दुई जनालाई जनही १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

करदातालाई बिल लिन तथा कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो।

 

तपाईको प्रतिक्रिया