सोमबार १८ श्रावण २०८३
मनोरन्जन

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26

काठमाडौं। दीपमाला ढकाल मिस नेपाल २०२६ को उपाधि जित्न सफल भएकी छन्।

ललितपुरको पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा ढकाललाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो। यससँगै उनले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल तथा कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन्।

ढकाल यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल को उपाधिसमेत जितिसकेकी हुन्।

 

तपाईको प्रतिक्रिया