एनपीएलमा आज काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल साँझ ५ बजे हुनेछ।
काठमाडौं गोर्खाज आज पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। यसअघि एक खेल खेलेको काठमाडौं जितविहीन छ। दुई खेल जितेर चार अंक जोडेको कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।
त्यस्तै, सुदूरपश्चिम रोयल्स चौथो खेलमा जित निकाल्ने दबाबमा छ। तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ।
यता, चितवन राइनोजले दुई खेलमा एक जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ। चितवन आज पनि जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने योजनामा हुनेछ।
तपाईको प्रतिक्रिया