सोमबार १६ कार्तिक २०८३
खेलकुद

एनपीएल : कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।

कर्णालीका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, हसन तलातले ३० बलमा ४० रन जोड्दा पवन सर्राफले अविजित ३० रन बनाए ।

गुल्सन झाले १२ बलमा दुई छक्कासहित २० रन बनाए भने मार्क वाटले १७ रनको योगदान दिए । दीपक डुम्रे ८ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले १ रन मात्र बनाउन सके ।

काठमाडौंका कप्तान करण केसीले दुई विकेट लिए । साहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट हात पारे ।

अब काठमाडौं गोर्खाजले जितका लागि १८१ रनको लक्ष्य पछ्याउनेछ ।

 

तपाईको प्रतिक्रिया