सोमबार १६ कार्तिक २०८३
खेलकुद

एनपीएलमा पोखरालाई ९ रनले हराउँदै जनकपुर विजयी

आइतबार कार्तिक १५, २०८३/ Sunday 11-01-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । बिपिन आचार्यले २०, बिपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन जोडे । जनकपुरका मोइन अलीले ३ विकेट लिए भने हरमित सिंह र सैफ हसनले समान २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जनकपुरका त्रित राज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अभिषेक तिवारीले १० बलमा २४ रन जोड्दा मोइन अलीले २१ रन बनाए ।

पोखराका शकिब अल हसनले ३ विकेट लिए भने चामिका करुणारत्नेले २ विकेट हात पारे ।

यस जितसँगै जनकपुरले एनपीएलमा महत्त्वपूर्ण अंक जोडेको छ ।

 

तपाईको प्रतिक्रिया