शुक्रबार २२ श्रावण २०८३
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26

काठमाडौँ। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।

संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया