काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभामा आफ्नै सरकारको कार्यशैलीमाथि खुलेर प्रश्न उठाएका छन्। उनीहरूले ग्यासको कृत्रिम अभाव, मलको संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद मनिष झाले सरकारको कार्यशैली सुधार गर्न आग्रह गर्दै दोहोरो मापदण्ड अन्त्य गर्नुपर्ने बताए। रमेश प्रसाइँले ग्यास अभावबारे सरकारलाई प्रश्न गर्दै जनताले नयाँ अनुहार होइन, नयाँ चरित्र खोजेको टिप्पणी गरे।
पारसमणि गेलाल, रिमा विश्वकर्मा, कमल सुवेदी, बदनकुमार भण्डारी र टीका संग्रौलालगायत सांसदहरूले पनि मल अभाव, कालोबजारी, स्वास्थ्य सेवा र गरिब नागरिकका समस्यामा सरकार थप जिम्मेवार बन्नुपर्ने माग गरे।
रास्वपाका धेरै सांसद नै आफ्नै सरकारको आलोचनामा उत्रिनुलाई पार्टीभित्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया