काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौं’ अभियान सुरु गरेको छ।
रास्वपाको चःमतीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’मा सोमबारदेखि अभियान सञ्चालनमा आएको हो।
पार्टीका अनुसार नागरिकका समस्या, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुनेर आवश्यक सहजीकरण र सम्बोधनका लागि पहल गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो।
अभियानको पहिलो दिन केन्द्रीय सदस्य अंकितकुमार यादव र प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर पार्टी कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा तथा सुझाव सुन्दैछन्।
रास्वपाले अभियानमार्फत नागरिक र पार्टीबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्दै जनताका समस्या समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया