समाज
रसुवामा सेनाको ब्यारेकमा विस्फोटक पदार्थ पड्किँदा ५ जना घाइते, उद्धारका लागि हेलिकप्टर परिचालन
सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26
रसुवा। रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा अचानक विस्फोट भएको छ।
विस्फोटमा परी पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिएका छन्।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।
घाइतेहरूको अवस्था तथा विस्फोटबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया