मंगलबार २६ श्रावण २०८३
खेलकुद

सन्दीप लामिछाने बने नेपालको नयाँ ओडिआई कप्तान, खोसियो रोहित पौडेलको नेतृत्व

सोमबार श्रावण २५, २०८३/ Monday 08-10-26

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। क्यानले रोहित पौडेललाई हटाउँदै लेगस्पिनर लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

सन्दीपको कप्तानीमा नेपालले आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

नेदरल्यान्ड्समा हालै सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो।

क्यानको निर्णयसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइसकेको थियो।

सन् २०२२ मा कानुनी विवादका कारण कप्तानी गुमाएका सन्दीप करिब चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्।

एसीसी प्रिमियर कपका लागि नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी।

 

तपाईको प्रतिक्रिया