काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
गत आइतबारदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीसँगै समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग जोडिएका विषयमा छलफल भइरहेको छ।
बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिलगायत विषयले पनि प्रवेश पाएका छन्।
सभापति गगनकुमार थापाको अध्यक्षतामा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। बाँकी सदस्यहरूले आजको बैठकमा आफ्ना विचार प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ।
तपाईको प्रतिक्रिया