मंगलबार २६ श्रावण २०८३
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा खानी तथा खनिज पदार्थ विधेयक

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।

बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैबीच, आज दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक तय गरिएको छ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका क्रममा जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुनेछ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया