बिहीबार २८ श्रावण २०८३
अर्थ

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने घट्यो

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से ०.५५ अंकले उकालो लाग्दै २६४२ अंकमा पुगेको हो।

आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। मंगलबार नेप्से ०.७९ अंकले बढेको थियो।

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कुल कारोबार ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ।

समूहगत रूपमा लगानी समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.०५, फाइनान्स ०.२४ तथा होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले उकालो लागे।

यता विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रह्यो। उक्त समूहका कम्पनीमा १ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वाणिज्य बैंकमा ३६ करोड, उत्पादन तथा प्रशोधनमा २८ करोड तथा लगानी समूहमा ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो।

बुधबारदेखि कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै इमर्जिङ नेपाल ५.४८ प्रतिशत, एचआईडीसीएल ४.९५ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले बढेको छ।

अर्कोतर्फ अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। महिला लघुवित्त ५.१८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ४.७४ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप अगाडि रहेका छन्।

तपाईको प्रतिक्रिया