बिहीबार २६ कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। आज विराटनगर किंग्सले पोखरा एभेन्जर्ससँग तथा कर्णाली याक्सले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको पोखरा पुछारमा रहेको छ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ।

पाँच खेलबाट ४ अंक जोडेको कर्णाली सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ।

प्लेअफ दौडलाई बलियो बनाउन कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ। उता लुम्बिनी पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।

 

तपाईको प्रतिक्रिया