बिहीबार २६ कार्तिक २०८३
समाज

वीरगञ्ज कारागारबाट फरार कैदी भारतमा पक्राउ

बिहीबार कार्तिक २६, २०८३/ Thursday 11-12-26

काठमाडौं । वीरगञ्ज कारागार कार्यालय, पर्साबाट फरार भएका एक कैदी भारतबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको पोखरिया नगरपालिका–४ सतवरियाका ३० वर्षीय सुनिल साह तुरहालाई भारतको बिहारस्थित मोतिहारीको आदापुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका तुरहा बिहीबार साँझ ८ः२० बजे कारागारको प्यारोल शाखानजिकैको पर्खाल छेउबाट भागेका थिए।

फरार भएपछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत भारतबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया