शुक्रबार २९ श्रावण २०८३
समाज

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक बेपत्ता, दुई घाइते

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

बाजुरा। अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

गएरातिदेखि परेको लगातार वर्षाका कारण स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोमा परी दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता छन्।

लगातारको वर्षा र प्रतिकूल मौसमका कारण घाइतेको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन गरिएको छ।

 

तपाईको प्रतिक्रिया