राजनीति
देउवा अझै कांग्रेस सभापति हुन्, पूर्वसभापति नभन्नुहोला : निधि
शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शेरबहादुर देउवा अझै पार्टी सभापति रहेकाले उनलाई ‘निवर्तमान’ वा ‘पूर्वसभापति’ नभन्न आग्रह गरेका छन्।
संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिबाहेक अरू कसैलाई १५औँ महाधिवेशन गराउने अधिकार नरहेको दाबी गरे।
‘आजको दिनमा सभापति शेरबहादुर देउवा नै हो भन्ने सन्देश लिएर जानुस्, अरू कोही होइन,’ उनले भने, ‘देउवालाई निवर्तमान र पूर्वसभापति नभन्नुहोला।’
निधिले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै पार्टीबाट अलग भएका नेताहरू पनि कांग्रेसमै फर्किनुपर्ने धारणा राखे।
विशेष महाधिवेशनतर्फ संकेत गर्दै उनले त्यसरी बनेको संरचनालाई ‘कब्जा गरेर बनाइएको’ भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाए।
तपाईको प्रतिक्रिया