राजनीति
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ
शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा संसदीय दलका नेता भट्ट नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
भट्टको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा एमाले–नेकपा गठबन्धनले नेतृत्व सम्हालेको छ ।
तपाईको प्रतिक्रिया