शुक्रबार २९ श्रावण २०८३
राजनीति

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.बराल नियुक्त

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार प्रा.डा. बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित उपकुलपति सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले प्रा.डा. बरालसँगै प्रा.डा. बालचन्द्र लुइँटेल र प्रा.डा. राजेन्द्र जोशीको नाम प्रधानमन्त्री शाहसमक्ष पठाएको थियो।

नवनियुक्त उपकुलपति बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा प्राध्यापकका रूपमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया