राजनीति
कारागारका चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति रोकियो
शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26
काठमाडौं । सरकारले कारागारभित्र हुने आर्थिक लेनदेन र अपारदर्शी गतिविधि नियन्त्रण गर्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
गृहमन्त्री सुधन गुरुङका अनुसार अब पारदर्शी मापदण्ड बनाएर योग्य कैदीबन्दीबाट आवेदन लिई छनोट गरिनेछ। बायोडाटासहित आवेदन मागेर उत्कृष्ट तीन जनामध्ये एक जनालाई जिम्मेवारी दिने तयारी छ।
सांसदहरूले भने यी पदहरू सेटिङ र आर्थिक चलखेलका आधारमा बाँडफाँट हुने गरेको तथा केही व्यक्तिका लागि कारागार ‘कमाउने ठाउँ’ बनेको आरोप लगाएका छन्।
सरकारले कारागार व्यवस्थापन सुधारसँगै पुरानो कारागार ऐन संशोधनको तयारीसमेत अघि बढाएको छ। हाल देशभरका कारागारको क्षमता करिब १९ हजार भए पनि करिब २८ हजार कैदीबन्दी रहेका छन्।
तपाईको प्रतिक्रिया