शुक्रबार २९ श्रावण २०८३
राजनीति

सुदूरपश्चिममा एमालेका चार मन्त्रीले लिए शपथ

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टसँगै नेकपा एमालेका चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री रहेका छन् ।

यसअघि मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मियाँसमक्ष शपथ लिएका थिए । भट्ट नेकपा प्रदेशसभा संसदीय दलका नेता हुन् । एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिका आधारमा दुई दलको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका हुन् ।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया