शुक्रबार २९ श्रावण २०८३
खेलकुद

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ।

शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से २६४३.८३ बिन्दुमा झरेको हो।

आज कारोबार भएका १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

नेप्से घटेसँगै जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहबाहेक अधिकांश समूहका उपसूचक ऋणात्मक बने।

गत चैत १३ गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेप्से औसतमा दबाबमा देखिएको छ। पछिल्लो १४ कारोबार दिनमा दैनिक ५ अर्ब रुपैयाँको कारोबार हुन सकेको छैन। सो अवधिमा नेप्से ५ दिन बढ्दा ९ दिन घटेको छ।

तपाईको प्रतिक्रिया