काठमाण्डौ । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आज साउन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।
राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रले युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थलाई कथामा समेटेको छ।
निर्देशक सानेका अनुसार चलचित्रको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीलगायत कलाकारका पात्र वरिपरि केन्द्रित छ। आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको चलचित्रमा करिब दुई करोड रुपैयाँ लगानी भएको निर्माता कमलप्रसाद शर्माले जानकारी दिनुभयो।
निर्माण टिमले चलचित्रको कथा, प्रस्तुति, गीत, ट्रेलर तथा प्रचारप्रसारमा विशेष मेहनत गरिएको जनाएको छ। नेपालमा प्रदर्शनसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि चलचित्र पुर्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
तपाईको प्रतिक्रिया