बिजनेस
वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति
मंगलबार भदौ २, २०८३/ Tuesday 08-18-26
काठमाडौं। सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ सम्म अर्थात् साउन महिनामा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। नयाँ श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७ सय ४८ रहेको छ।
गन्तव्यका आधारमा यूएईमा १८ हजार ७ सय ८४, मलेसियामा १२ हजार ४ सय ९८, कतारमा १० हजार ३ सय ६० र साउदी अरबमा ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।
कामदारको वर्गीकरणमा ४० हजार ४ सय ९६ दक्ष, १७ हजार ९ सय ९९ अदक्ष र ११ हजार ४ सय ६५ अर्धदक्ष कामदार छन्। जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाबाट ३ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन्।
तपाईको प्रतिक्रिया