राजनीति
दानबहादुर कार्कीको रिटमाथि सर्वोच्चमा बुधबार प्रारम्भिक सुनुवाइ हुने
मंगलबार मङ्सिर १, २०८३/ Tuesday 11-17-26
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
गत कात्तिक २० गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमाथि तिहार बिदापछि कात्तिक ३० गते सुनुवाइका लागि मिति निर्धारण गरिएको थियो। तर सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ स्थगित भएको थियो।
मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने मिति तोकेको हो।
बुधबार एकल इजलासमा उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।
तपाईको प्रतिक्रिया