खेलकुद
पहिलो बलमै सुदूरपश्चिमलाई झट्का, शून्यमै आउट भए जर्ज मन्सी
मंगलबार मङ्सिर १, २०८३/ Tuesday 11-17-26
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्सले ब्याटिङ सुरु गरेलगत्तै पहिलो बलमै विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार जारी खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सुरुआती बलमै ओपनर जर्ज मन्सीलाई गुमाएको हो।
लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पेलम्यानले पहिलो बलमै मन्सीलाई बोल्ड गर्दै पेभेलियन फर्काएका हुन्। मन्सीले एक बल सामना गरे पनि रनको खाता खोल्न सकेनन्।
खेलको ०.३ ओभर समाप्त हुँदा सुदूरपश्चिमले एक विकेट गुमाएर एक रन बनाएको छ। क्रिजमा विनोद भण्डारी र थानुका डाबरे रहेका छन्।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका थिए। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।
तपाईको प्रतिक्रिया