शुक्रबार ५ भदौ २०८३
राजनीति

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आगामी आइतबार भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८औँ बैठक भदौ ७ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्। सभामुखले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ अनुसार बैठकको मिति र समय निर्धारण गरेका हुन्।

उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावलीको नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको निश्चित अवधिभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले थापाले विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेशमा बनेको नयाँ सत्ता समीकरणअनुसार एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा गत बिहीबार भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया