राजनीति
चुनावपछि ओली पहिलो पटक गृहजिल्ला झापा पुगे, मिसन जनजागरण अभियान सुरु गर्ने
शनिबार श्रावण ३०, २०८३/ Saturday 08-15-26
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो गृहजिल्ला झापा पुगेका छन्। काठमाडौंँबाट हवाईमार्ग हुँदै झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
एमाले स्रोतका अनुसार पार्टीले सञ्चालन गर्न लागेको ‘मिसन पार्टी जागरण’ अभियानमा सहभागी हुन ओली झापा पुगेका हुन्। उक्त कार्यक्रम आइतबार आयोजना हुने भए पनि ओली एक दिनअघि नै गृहजिल्ला पुगेका हुन्।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन्। उक्त निर्वाचनमा उनी झापा–५ बाट उम्मेदवार बनेका थिए। तर, ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग पराजित भएका थिए।
ओलीको झापा आगमनलाई एमालेको स्थानीय संगठन सुदृढीकरण तथा पार्टी जागरण अभियानसँग जोडेर हेरिएको छ।
तपाईको प्रतिक्रिया