सोमबार १ भदौ २०८३
अर्थ

साताको पहिलो दिन नेप्से सामान्य घट्यो, ५ अर्ब ५२ करोडको कारोबार

सोमबार भदौ १, २०८३/ Monday 08-17-26

 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा कायम भएको हो।

बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य भने बढेको छ। सोमबार ७० कम्पनीको सेयर मूल्य उकालो लाग्दा २०२ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

कारोबार रकम पाँच अर्ब ५२ करोड आठ लाख १६ हजार रुपैयाँ पुगेको छ। दिनभर एक करोड १९ लाख २४ हजार कित्ता सेयर ५६ हजार ७२१ पटक कारोबार भएको नेप्सेले जनाएको छ।

सर्वोत्तम सिमेन्ट र माउन्ट एभरेस्ट पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सगरमाथा जलविद्युत् र लक्ष्मी उन्नति कोषलगायतका कम्पनीका लगानीकर्ताले तुलनात्मक रूपमा राम्रो आम्दानी गरेका छन्।

समूहगत प्रदर्शनमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, अन्य र व्यापार समूहका सूचक बढेका छन् भने बाँकी समूहको सूचक घटेको छ।

तपाईको प्रतिक्रिया