बारा । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
बारा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार बयानको भिडियो खिच्ने क्रममा पाँच जना प्रहरी देखिएका छन्। पक्राउ परेका प्रहरीबाहेक अन्यको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बयानका क्रममा खिचिएको भिडियो कसरी बाहिरियो र सामाजिक सञ्जालमा कसले सार्वजनिक गर्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया